महेन्द्रनगर, धनुषा वटेश्वर गाउँपालिका सितापुर स्थित हुने १० औं वनदेवी माई गोल्डकप फुटवल प्रतियोगिताको लागी त्यारी सुरु गरिएको छ । दशैं दिपावली तथा छठपर्वको मध्यनजर गर्दै प्रत्यके वर्ष भव्यरुपमा गरिदैं आएको वनदेवी माई गोल्डकप फुटवल प्रतियोगिता यस वर्ष पनि कार्तिक १० गते देखि २१ गते सम्म हुने एक कार्यक्रम विच जनकारी गराएका छन । वनदेवी माई यूवा कल्वका अध्यक्ष नरेन्द्र प्रसाद राईको अध्यक्षतामा बसेको वैठकबाट हुने गोल्डकप फुटवल प्रतियोगितामा रानीवारी पुलिस फुटबल क्लब विराटनगर, धरान फुटवल क्लव सुनसरी धरान, सलेहेश यूवा क्लव सिरहा, जनसेवा यूवा क्लव महोत्तरी, वागमती यूवा क्लव सलार्ही, दुधौली स्पोर्टस क्लब सिन्धुली, वनदेवी माई यूवा क्लव धनुषा, विरगंज यूनाइटेड क्लव पर्सा र राप्ति रीभर यूवा क्लव हेटैडा मकवानपुर गरी १० ओटा टिमको सहभागिता रहने आयोजक क्लवका सचिव निराजन गौतमले जनकारि दिएका छन । प्रतियोगितामा प्रथम स्थान ल्याउने टिमलाई नगद १ लाख ५ हजार ५ रुपैया सिल्ड, मेडल, प्रमाणपत्र, दोस्रो हुनेलाई नगद ५१ हजार ५ रुपैया सिल्ड, मेडल, प्रमाणपत्र र प्रत्येक दिन म्यान अफ द म्याचको व्यवस्था हुने आयोजकले जनकारी गराएका छन । कार्यक्रममा उपस्थित वडानम्बर २ का वडाअध्यक्ष गंगा राम कुवर वटेश्वर गाउँपालिकाको विशेष सहयोगमा हुन गईरहेको १० औं वनदेवी माई गोल्डकप फुटवल प्रतियोगिताका लागी हाम्रो वडावाट हुने सहयोग अगामीदिनमा पनि गर्दै आएका छौं र यस्तो प्रतियोगिताको लागी सधैं हाम्रो सहयोग साथ रहने विश्वास दिलाएका थिएँ । साथै कार्यक्रममा फुटवल संघ प्रदेश २ का प्रशिक्षक प्रकाश अर्याल, समाजसेवी सजन सिंह लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech