महेन्द्रनगर, नेपालमा नागरिक अभियान मार्फत लोकतन्त्र र मानव अधिकार प्रवद्र्धन विषयक छलफल कार्यक्रम धनुषा लक्ष्मीनिया गाउँपालिका जनकपुर ढल्केवार सडक खण्ड स्थित रहेको बाबाको ढावामा सम्पन्न भएको छ ।
नेपाल मानव अधिकार संगठन धनुषा जिल्ला अध्यक्ष मनोज सिंह दनुवारको अध्यक्षता र प्रदेश नं. २ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख वक्ता नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामुनेश्वर आचार्यको उपस्थिती रहेको थियो ।
लोकतन्त्र र मानव अधिकारको प्रबद्र्धनका लागि सचेत नागरिकको कार्यहरु प्रभावकारी हुन जरुरी छ ? जसका लागी लोकतन्त्र र मानवअधिकारको संरक्षण, सम्वद्र्धन र विकासमा नागरिक समाजको भुमिका अहम छ , नागरिक समाजले संविधान र कानुन प्रद्धत अधिकारको जानकारी र चेतना आम नागरिकसम्म पु¥याउनुपर्छ, आम संचारलाई अंकुश रहित र प्रभावकारी बनाउनुपर्छ लगायतका ११ ओटा बुँदाहरुमा छलफल गरिएको थियो ।
छलफल कार्यक्रममा नेपाली कांग्रेस धनुषाका जिल्ला सदस्य मदन घिमिरे, दलित आयेगबाट राम प्रवेश बैठा, नेपाल मानव अधिकार आयोगका प्रदेश नं. २ का संयोजक शंकर प्रसाद श्रेष्ठ, नेपाल प्रहरीका प्रदेश नं.२ प्रमुख उमेश रजितकार लगायत करिब ४०÷४२ जनाको उपस्थिती रहेको थियो । कार्यक्रम उदघोष नेपाल मानव अधिकार संगठन धनुषा शाखाका सदस्य सुजित कापरी द्धारा गरिएको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech