दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत बाख्रा बजार, हनुमान मन्दिर, काठ बजार, जलाद पुल, चन्दरपुर, रमदैया स्कुल चौक हुँदै दुधमती चौकसम्म निर्माण भइरहेको सडकको क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले अनुगमन गर्नुभएको छ ।
नेपाल सरकार, शहरी विकास मन्त्रालयको करिब ४४ करोड रुपैयाँ लागतमा तीनवर्षीय योजना अन्तर्गत उक्त सडकको कालोपत्रे तथा स्तरोन्नतिको काम भइरहेको छ । सोही क्रममा नगर प्रमुख यादवले कुम्हरौल चौकदेखि रमेसपुरसम्म भइरहेको कालोपत्रे कार्यको स्थलगत अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा नगर प्रमुख यादवले निर्माणाधीन सडकको कामको प्रगति, सडकको गुणस्तर तथा निर्माण प्रक्रियाबारे जानकारी लिनुभएको थियो । उहाँले सडक निर्माणको काम तोकिएको मापदण्डअनुसार गुणस्तरीय र टिकाउ हुनुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख यादवले तीनवर्षीय योजनाअन्तर्गत करिब ४४ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सडक सम्पन्न भएपछि क्षिरेश्वरनाथ नगरपालिकाका नगरवासी तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने बताउनुभयो ।
“यो सडक निर्माण सम्पन्न भएपछि नगरपालिकाका विभिन्न क्षेत्रलाई जोड्ने महत्वपूर्ण सडकका रूपमा विकास हुनेछ । यसबाट नगरवासीलाई आवतजावतमा सहजता हुनुका साथै स्थानीय व्यापार–व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्नेछ,” नगर प्रमुख यादवले बताउनुभयो ।
उहाँले सडक निर्माणका क्रममा गुणस्तरमा कुनै किसिमको सम्झौता हुन नहुने बताउँदै निर्माण कार्यमा कमसल सामग्री प्रयोग भएको वा तोकिएको मापदण्डअनुसार काम नभएको पाइएमा तत्काल जानकारी गराउन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
“निर्माणको क्रममा कतै कमसल काम भइरहेको देखिएमा स्थानीयवासीले तुरुन्त सम्बन्धित निकाय वा नगरपालिकालाई जानकारी गराउनुहोस् । विकास निर्माणका काममा सबैको निगरानी र खबरदारी आवश्यक छ,” यादवले भन्नुभयो ।
बाख्रा बजारदेखि दुधमती चौकसम्मको सडक कालोपत्रे तथा स्तरोन्नति भएपछि क्षिरेश्वरनाथ नगरपालिकाका विभिन्न वडा तथा बस्तीहरूबीचको यातायात सम्पर्क थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ । निर्माणाधीन सडकले स्थानीय नागरिकको दैनिक आवतजावतसँगै कृषि उत्पादनको ओसारपसार, व्यापारिक गतिविधि तथा बजारसम्मको पहुँचमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग