बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् । घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग