दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्दनगर ईलाका प्रहरी कार्यायालय एकैदिनमा १३ ओटा टे«क्टर नियन्त्रणमा लिएको छ । स्थानिय सरकार खोला ठिक्का नलगाएपनि अवैध रुपमा खोलाबाट बालुवा गिट्टी उत्खन्न गरी चोरी गरिरहेको टे«क्टर नियन्त्रणमा लिएका छौं । स्थानिय तहको आन्तरिक कारणबस खोलो ठेक्का नलागेपनि चोरी छिपी अवैध रुपमा खोला उत्खन्न गरी बालुवा गिट्टी ओसारपोसार गर्ने १३ ओटा टे«क्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक दिपक कार्कीले जनकारी दिए । प्रहरी निरिक्षक कार्कीका अनुसार स्थानिय सरकार द्धारा खोला ठिक्का नगलाएपनि जलाद खोला लगायतको ठाउँमा अवैध रुपमा बालुवा गिट्टी उत्खन्न गरिरहेको अवस्थामा शनिवार मात्र १३ ओटा टे«क्टर नियन्त्रणमा लिएका छौ र स्थानिय सरकारको जरीवान तिरे पछि टे«क्टर धनीलाई जिम्मा लगाउने बताउनु भयो । एता स्थानिय प्रशासनको मिलोमतोमा राती राती क्रसरबलाहरुले खोला उत्खन्न गरिरहेको अरोप लगाँउदै आएको छ । स्थानिय क्रसहहरु नेपाल सरकारको मापदण्ड विपरित भएपनि प्रशासन र स्थानिय सरकारहरुको मिलोमतोमा अवैध रुपमा खोला उत्खन्न गरिरहेको विभिन्न समाजिक संजालहरुमा समय समयमा पोष्ट अँउदै गरेको हुन्छ । स्थानिय प्रहरीका अनुसार हाम्रो टोली सिमित मात्रमा हुन्छ खोला उत्खन्न गर्ने गिरोह ठाउँ ठाउँमा आफनो मान्छे राखेको हुन्छ हामी पुग्न साथ खोला बाट अवैध रुपमा उत्खन्न गरिरहेको टे«क्टर लगायतको उत्खन्न सामग्री बाहिर ल्याइसकेको हुन्छ । तर स्थानियहरुका अनुसार प्रहरी प्रशासनकै मिलोमतोमा खोला उत्खन्न भइरहेको हुन्छ हामीले प्रशासनलाई जनकारी गराउन साथ खोला बाट उत्खन्न सामग्री बाहिर निकालि सक्छन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउिँपालिका अन्तर्गत पर्ने खोलाहरुमा नेपाल सरकारको मापदण्ड विपरित दजर्नै क्रेसरहरु केही दिन विभिन्न तहको दवावको कारण केही नियन्त्रणमा आएपनि प्रसाशनलाई चुनैती दिँदै राती राती अवैध खोला उत्खन्न भइरहेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग