काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिले कर्णलाई शपथ गराएका हुन् । राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि प्रदेश प्रमुख कर्णले आफ्नो कार्यकालमा मधेश प्रदेशको शान्ति, विकास र सुशासनका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
नवनियुक्त प्रदेश प्रमुख कर्णलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग