महेन्द्रनगर,
प्रशिक्षण क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै राष्ट्रिय स्तरका कबड्डी खेलाडी क्षिरेश्वरनाथ नगरपालिका ६ निवासी कल्याण भुजेलले भारतीय राष्ट्रिय खेल संस्था एन आइ एस द्वारा सञ्चालित कबड्डी कोर्समा ए ग्रेड प्राप्त गर्न सफल भएका छन् ।
भारतको पटियालास्थित एनआइएसमा सम्पन्न उक्त प्रशिक्षण कोर्समा सहभागी नेपाली खेलाडी भुजेलले उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षकस्तरको कोर्समा उच्चतम श्रेणी हासिल गरेका हुन् । उनी नेपाली कबड्डी क्षेत्रका अनुभवी खेलाडी हुनुका साथै अब प्रशिक्षकको भूमिकामा योगदान दिने तयारीमा छन् ।
कल्याण भुजेलको यो सफलताले नेपाली कबड्डी खेलको विकासमा थप प्रेरणा र आत्मबल प्रदान गर्ने विश्वास गरिएको छ । खेल क्षेत्रका विश्लेषकहरूले भुजेलको ए ग्रेड उपलब्धिलाई नेपाली कबड्डीको अन्तर्राष्ट्रियकरणतर्फको महत्वपूर्ण पाइलाका रूपमा लिएका छन् ।
कोर्स पुरा गरी स्वदेश फर्किएका भुजेलले प्रतिक्रिया दिँदै भने, “यो मेरो खेल जीवनको एउटा महत्वपूर्ण मोड हो । मैले प्रशिक्षकको रुपमा नयाँ जिम्मेवारीको थालनी गरेको छु । नेपालमा आधुनिक प्रशिक्षण प्रविधि भित्र्याएर नयाँ पुस्तालाई तयार पार्ने मेरो लक्ष्य छ ।
साथै भुजेलले अब प्रशिक्षकको भूमिकामा सक्रिय रहँदै देशभरि कबड्डी प्रशिक्षार्थीको क्षमता विकासमा लाग्ने योजना बनाएका छन् । उनले विशेष गरी स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै कबड्डीलाई विद्यालय र समुदाय स्तरमै विस्तार गर्ने तयारी गरिरहेका छन् । उक्त कोर्समा ए ग्रेड ल्याउने नेपाली खेलाडीको संख्या न्यून भएकोमा भुजेलको यो सफलता उल्लेखनीय मानिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग