महेन्द्रनगर,
वर्षौंदेखि जर्जर अवस्थामा रहेको क्षिरेश्वरनाथ नगरपालिकाको पुरानो भवनबाट नयाँ भवनमा सर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आगामी श्रावण १४ गते यानी भोली देखि नगरपालिका कार्यालय औपचारिक रूपमा नयाँ भवनबाट सञ्चालनमा आउने भएको हो ।
क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवका अनुसार, नयाँ भवनमा स्थानान्तरणसँगै सेवा प्रवाहमा थप सहजता र गुणस्तरता आउने विश्वास लिइएको छ । “नयाँ भवनमा सर्नु केवल संरचनात्मक विकास होइन, यसले नागरिकप्रति हाम्रो सेवा दायित्वलाई अझ प्रभावकारी बनाउनेछ,“ नगर प्रमुख यादवले बताए ।
उक्त अवसरमा विशेष कार्यक्रमको आयोजना गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रममा धार्मिक पूजापाठ, नगरभित्रका जेष्ठ नागरिकलाई सम्मानसहित भोजनको व्यवस्था, र अन्य सांस्कृतिक गतिविधिहरू समावेश गरिने जनाइएको छ ।
नयाँ भवनमा मिथिला पेन्टिङ, बाँसबाट निर्माण गरिएको गोलघर, वाटर फाउन्टेन, पार्किङ क्षेत्र लगायतको सुविधा समेत समावेश गरिएको छ, जसले भवनलाई आकर्षक बनाएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग