महेन्द्रनगर, सुन व्यवसायी संघको आह्वानमा जारी आन्दोलन ११ औं दिनमा प्रवेश गरेको छ । आन्दोलन अन्तर्गत देशभरका सुनचाँदी पसलहरू लगातार बन्द रहेका छन्, जसका कारण सेवाग्राहीहरू मर्कामा परेका छन् ।
सरकारले आर्थिक वर्ष २०८२÷८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७ गतेसम्म आन्दोलनको तालिका सार्वजनिक गरेको छ ।
कार्यक्रम अनुसार आज असार २३ गते आन्दोलनको रणनीति तय गर्न विज्ञसहितको टिमसँग छलफल गर्ने, २४ गते उपत्यकाका जिल्ला÷नगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठि आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् ।
यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech