महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका खेलाडीहरूले जिल्ला स्तरिय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा नगरपालिकाको तर्फबाट सहभागी भएका खेलाडीहरूले विभिन्न खेल विधामा उत्कृष्ट कौशल प्रस्तुत गर्दै उपाधि नजिक पुगेका थिए । प्रतियोगिताबाट फर्किएका खेलाडीहरूलाई क्षिरेश्वर मा.वि.को अगाडी जैसीबावा धर्मशला अगाडी आयोजित एक कार्यक्रममा नगर प्रमुख सुखदेव यादवलाई सिल हस्तान्तरण गरिएको छ । सो अवसरमा नगर प्रमुखले खेलाडीहरूको अथक मेहनत र समर्पणप्रति प्रशंसा व्यक्त गर्दै थप सफलता प्राप्तिको शुभकामना दिनुभएको थियो । सोही अवसरमा, प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुन कवडीका लागी संजय श्रेष्ठ, योगेन्द्र यादवको नेतृत्वमा जनकपुर र बाँकी खेलका लागी राजेन्द्र सिंह, महेश राईको नेतृत्वमा लालबन्दी गएका खेलाडीहरूलाई नगर प्रमुखले एक कार्यक्रमबीच विदाई गर्नुभएको छ । प्रमुखले खेलाडीहरूलाई अनुशासित, समर्पित र आत्मविश्वासी भई प्रदेशमा पनि नगरको नाम उज्वल बनाउने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले खेलकुद विकासमा विशेष प्राथमिकता दिँदै आएको छ भने आगामी दिनमा खेलाडीहरूको क्षमता अभिवृद्धि तथा सुविधा विस्तारमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech