महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट ८ दिन देखि बेपत्ता पारिएकी महिलाको लास भेटेको छ । क्षिरेश्वरनाथ नगरपालिका– ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादवको लास शनिवार राती करिब १० बजे मिथिला नगरपालिका ५ औरही खोलाको झारीमा भेटिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएका छन । बेपत्ता पारिएको घटना शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सर्च अप्रेसन चलाए पक्ष्चात मृत्कका श्रीमान आफैले घटनाबारे स्वकार गरी घटना स्थल देखाएको प्रहरीले जनकारी दिएका छन ।
रुवीकी श्रीमान राजु यादव केही महिनाअघि वैदेशिक रोजगारबाट फर्केपछि घरमा बिबाद हुने गरेको थियो । परस्त्रीसंग राजुको हिमचिम हुँदा बिबाद सुरु भएको माइत पक्षको भनाइ छ । रुवीका भाई महोत्तरीको बर्दिबास नगरपालिका ९ का अनित यादवका अनुसार बिबादको क्रममा राजुले रुवीलाई कुटपिट तथा यातना दिने गरेका थिए । बेपत्ता हुनु पाँचदिन अघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा छलफल भएको थियो । गत शुक्रबार रातिदेखि रुवी बेपत्ता थिए । उनका ६ वर्षीय छोरा अस्मित यादवका शुक्रबार राति खाना खाएर बुबाआमा संगै सुतेका थिए । राति बिबाद भएको थियो । शनिबार बिहान उठेपछि आमा घरमा थिइनन् । सोनुलाई बुबा राजुले आमा अन्त गएको भन्दै आफै खाना पकाएर, खुवाएर स्कुल पठाएका थिए । त्यस राति छोरा सोनु आमाको मुखबाट हल्का घाँटी थिचेपछि जस्तो घघियाएको जस्तो आवाज सुनेको आफन्तलाई बताएका थिए । यसकारण राजुले श्रीमती रुवीको हत्या गरेको हुन सक्ने माइत पक्षको आशंका थियो । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा माइतपक्षले रुवी बेपत्ता भएकोले खोजबिनका लागि निवेदन पनि दिएका थिए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग