महेन्द्रनगर,
क्षिरेश्वरनाथ नगरपालिका रमदैया भवाडी स्थित रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल श्रीपञ्चमी पर्वको अवसरमा संस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्वको अवसरमा मेडिकलमा अध्यनरत विद्यार्थीहरु द्धारा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो भने आयोजना गरिएको क्रकेट प्रतियोगिता लगायतको कार्यक्रममा पहिलो दोस्रो हुने मेडिकलमा अध्यनरत खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच प्रतियोगितामा प्रथम हुनेहरुलाई मेडल, कप र प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी यादव २०५६÷०५७ देखि आफनो निरन्तरता दिरहेको जानकी मेडिकल परिवारलाई धन्यवाद दिँदै आउने दिनमा पनि यहाँको शिक्षा, स्वास्थ्यलाई अझ व्यवस्थीत ढंगले अगाडी बढाउन संचालन समितिहरुलाई आग्रह गर्नुभएको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग