नेपाली कांग्रेसको साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय लिएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनु भयो।
बैठक साउन १२ गते सुरु हुने भनेर निर्धारित गरिएको वडा तहको अधिवेशन स्थगन गर्ने सल्लाह परामर्श भएको छ । वडा तहको अधिवशेन स्थगन हुनुको अर्थ भदौ १६ गते देखि हुने महाधिवेशन पनि स्थगन भन्ने होइन । महाधिवेशन र अन्य तहका अधिवेशन कायमै छन्,ु प्रवक्ता शर्माले बताउनु भयो ।

वडा तहको अधिवेशन स्थगित गर्नुको कारण भने जिल्लाहरूमा कोरोना संक्रमण बढ्नु रहेको प्रवक्ता शर्माको भनाइ रहेको छ । जिल्ला(जिल्लाबाट कोरोनाको संक्रमण बढि रहेको र कतिपय ठाउँहरूमा समस्या रहेको भनेर पार्टी केन्द्रीय कार्यालयमा गुनासो आइ रहेको उहाँले जानकारी दिनु भयो।

Your Ad Code Here

वडा अधिवेशनको अर्को मिति भने क्रियाशील सदस्यता छान बिनको विवाद समाधान भए पछि तय हुने शर्माको भनाइ थियो । साउन १२ गते मंगलबार बिहान ९ गते क्रियाशील सदस्यता छान बिन समितिले आफ्नो प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गर्ने भएको छ । प्रतिवेदन लिर्इ सके पछि वडा तहको अधिवेशनको अर्को मिति प्रकाशित गर्छौ उहाँले भन्नु भयो ।

क्रियाशील सदस्यता छान बिन समितिका संयोजक रमेश लेखकले अधिकांस ठाउँमा सर्व सम्मतिले क्रियाशील सदस्यता चयन गरिएको बैठकमा जानकारी दिएको शर्माले बताउनु भयो । केही जिल्ला र निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता विवाद काय मै रहेको र त्यो विवाद बारे १२ गते भित्र टुंगोमा पुग्ने तयारी रहेको उहाँले जानकारी दिनु भयो । सदस्यता छान बिन समितिले प्रतिवेदन दिए पछि केन्द्रीय समितिले टुंगो लगाउने र प्रभावित हुने अधिवेशनका मितिबारे निर्णय लिइने उहाँले बताउनु भयो ।

कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ गते देखि काठमाडौंमा गर्ने निर्णय भएको छ । वडा अधिवेशन आउन ३ दिन पहिला स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग