काठमाण्डौ

प्रहरीले काठमाडौंबाट अवैध लागुऔषध र नक्कली सुनसहित ५ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Your Ad Code Here

काठमाडौं महानगरपालिका १६ पकनाजोलस्थित होटलमा लागु औषध कारोबार भैरहेको अवस्थामा पुगेको प्रहरी टोलीले उक्त कारोबारमा संलग्न गोरखा घर भई सोही स्थानमा डेरा गरी बस्ने मन गुरुङको कोठाबाट नक्कली सुन र लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शुक्रबार पक्राउ पर्नेमा गुरुङसहित गोरखा जिल्ला गोरखा नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका २ बस्न २९ वर्षीय मुकुन्द खड्का, गोरखाकै गोरखा नगरपालिका ८ का रेशमबहादुर राना, सुर्खेत गर्भाकोट नगरपालिका स्थायी घर भई काठमाडौंको नागार्जुन नगरपालिका २ बस्ने २८ वर्षीय नन्दलाल मान्त, गोरखा आरुघाट ६ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका २ बस्ने ३२ वर्षीय प्रहरी जवान एकराज गुरुङ रहेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग