वाणगंगा अनलाईन
काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाको क्याबिनेटले केपी ओली सरकारले राजदूतका लागि सिफारिस गरेको निर्णय खारेज गरेको छ। सोमबार सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जेठ १ गते ओली सरकाले गरेको ११ देशका लागि राजदूत सिफारिस खारेज गर्ने निर्णय गरेको हो।

ु११ जना राजदूत नियुक्त गरिएका थिए। त्यसलाई खारेज गरिएको छ,ु मन्त्रिपरिषद्को बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने।

Your Ad Code Here

ओली सरकारले निर्मलराज काफ्ले( अष्ट्रिया, जीवनप्रकाश श्रेष्ठ( इजिप्ट, रमेशचन्द्र पौडेल( श्रीलंका, कृष्णचन्द्र शर्मा( दक्षिण कोरिया, सुम्निमा तुलाधर( अष्ट्रेलिया, जंगबहादुर चौहान( रुस, नारायणप्रसाद संग्रौला( म्यानमार, युवराज कार्की( बहराइन, कुलप्रसाद नेपाल( ब्राजिल, सुमित्रा सुवेदी( डेनमार्क, मेराज मुसलमान( साउदी अरेबियालाई सिफारिस गरेको थियो।

 

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग