महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिकालाई पालिका भित्र दैनिक हुनुपर्ने कार्य अविलम्ब संचालन गर्नु पर्ने लगायतको १२ बुन्दे माग सहित ७ दिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाईएको छ । क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशाक्षकिय अधिकृत राम उदगार यादवलाई बुझाईको ज्ञापन पत्रमा नगरपालिकामा एकल मांसिकता सोचले हरेक क्षेत्रमा काम कार्यवाही्र गर्ने बानी परम्परागत रुपमा बसी सकेको भए तापनि तपाइँको पालामा केही सुधार भएको तर हाललाई वडा कार्यालय तथा पालिकामा दैनिक रुपमा हुनुपर्ने आम साधारण जनताका कार्यहरु बन्द भएको हुँदा आम जनतामा निराशा भएको प्रति दुःख व्यक्त गर्दै हाम्रो नगरपालिकामा आम नागरिकमा खानेपानीको अभाव, कृषिमा सिँचाईको अभाव, शिक्षा स्वास्थ्य लगायत विषयमा भएको अनियमिततालाई सुधार गरी अविलम्ब ७ दिन भित्र आम नागरिकमा सहज वातावरण निर्माण गरी सहयोगको लागि जोरदार माग गर्दछौ तथा सो कार्य नभएमा हाम्रो जनमत पार्टी चरणवद्ध आन्दोलनमा जाने कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ । जनमत पार्टी क्षिरेश्वरनाथ नगरपालिका नगर अध्यक्ष गुलजारी लाल सिंह द्धारा हस्ताक्षरित बुझाइएको ज्ञापनपत्रमा पालिका भित्र दैनिक हुनुपर्ने कार्य अविलम्ब संचालन गर्नुपर्ने, परिषदबाट सर्वदलिय योजना छनौट हुनु पर्ने, कुनै पनि सामाजिक कार्यक्रम क्रियाकलाप हुँदा हाम्रो पार्टीको सहभागिता हुनुपर्ने, शिक्षामा भएको व्यापारीकरणबाट मुक्त गर्न वोडिङ्ग निजी विद्यालयको शुल्क न्यूनतम तथा एकरुपता सहितको गुणस्ततरीय हुनुपर्ने लगायतको मागहरु उल्लेख गरिएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech