जनकपुरधाम, धनुषा —
Citizens Bank International Limitedको महेन्द्रनगर, धनुषा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत श्री माध्यमिक विद्यालय, डिगम्बरपुर, क्षीरेश्वरनाथ–८ का आर्थिक रूपमा विपन्न १५० जना विद्यार्थीलाई स्कुल झोला वितरण गरेको छ।
शैक्षिक सामग्री अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका प्रदेश प्रमुख Nitesh Khadgi, शाखा प्रबन्धक Prakash Adhikari, सहायक शाखा प्रबन्धक Anand Jha लगायत कर्मचारीहरू—Rakesh Jha, Dhiraj Tiwari, Dhirendra Yadav, Rupam Sah, Uma Jha, Subhash Thakur र Ram Kumarको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खड्गीले शिक्षा नै उज्ज्वल भविष्यको आधार भएको उल्लेख गर्दै बैंकले समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, शाखा प्रबन्धक अधिकारीले “शिक्षा नै सशक्तीकरणको आधार हो, यस सानो प्रयासले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास छ,” भन्नुभयो।
विद्यालयका प्रधानाध्यापक Brij Bhusan Kushwaha, शिक्षक Shambhu Prasad Mahato तथा स्थानीय व्यक्तित्व Sanjay Singh लगायतले बैंकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै अध्ययनमा थप उत्साह थपिएको बताएका छन्।
उक्त कार्यक्रमले Citizens Bank International Limitedको शिक्षा क्षेत्रमार्फत सामाजिक विकासमा योगदान गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। बैंकले यसअघि पनि वित्तीय साक्षरता, वातावरण संरक्षण तथा समुदाय सहयोग जस्ता विभिन्न CSR कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग