महेन्द्रनगर, धनुषा
धनुषामा घुसको रकमसहित सशस्त्र प्रहरीका एक निरीक्षक पक्राउ परेका छन् । मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारीलाई पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई शुक्रवार बिहान लालगढबाट घुससहित नियन्त्रणमा लिएको जनाएको छ ।
अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने तथा घुस माग्ने गरेको उजुरीको आधारमा उनको निगरानी हुँदै आएको थियो ।
सोही क्रममा अख्तियारको टोलीले उनलाई ४० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको स्रोतले जनाएको छ ।
पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग