महेन्द्रनगर, धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेन्द्र शाह झापा–५ बाट निर्वाचित भएपछि धनुषाको मिथिला नगरपालिकामा लड्डु वितरण कार्यक्रम आयोजना गरिएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित विश्वकर्मा चोक निवासी एक युवकले बालेनको तौल बराबर लड्डु वितरण गर्ने भएका हुन् । स्थानीय ललित कुमार राय (गुजर) ले चुनावअघि बालेन झापा–५ बाट जितेमा उनको तौल बराबर लड्डु बाँड्ने वाचा गरेका थिए । उक्त वाचा अनुसार आज सोमवार नक्टाझिज विश्वकर्मा चोकमा लड्डु वितरण गरिने कार्यक्रम तय गरिएको स्थानीय सरोज कुमार महतोले जानकारी दिए । कार्यक्रमको उद्घाटन धनुषा क्षेत्र नं. ४ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य राज किशोर महतो ले गर्ने कार्यक्रम रहेको बताइएको छ । स्थानीयका अनुसार बालेनको जितप्रति खुशी व्यक्त गर्दै सामूहिक रुपमा लड्डु वितरण गर्न लागिएको हो । कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech