महेन्द्रनगर, धनुषा
नेकपा एमाले धनुषा क्षेत्र नं. ४ अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै युवा संयोजकको रूपमा जितेन्द्र यादवलाई चयन गरिएको छ । युवाहरूलाई एकतावद्ध गर्दै पार्टी संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वासका साथ पार्टीले यादवलाई उक्त महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो ।
पार्टीका अनुसार संगठन विस्तार, निर्वाचन अभियानमा युवाको सक्रिय सहभागिता र मतदाता परिचालनमा यादवको भूमिका निर्णायक रहने अपेक्षा गरिएको छ । लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका यादव युवामाझ लोकप्रिय तथा संगठनात्मक क्षमता भएका नेता मानिन्छन् ।
युवा संयोजकमा चयन भएपछि जितेन्द्र यादवले पार्टीले आफूलाई दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो नेकपा एमालेले मप्रति देखाएको विश्वास मेरा लागि गर्वको विषय हो । धनुषा क्षेत्र नं. ४ का सम्पूर्ण युवाहरूलाई एकतावद्ध गर्दै पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई गाउँ–टोलसम्म पु¥याउने काममा म सक्रिय रूपमा लाग्नेछु ।
उहाँले युवाहरू परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गर्दै शिक्षा, रोजगारी, विकास र समृद्धिको मुद्दामा युवालाई संगठित गर्दै निर्वाचन अभियानलाई मजबुत बनाइने बताउनुभयो । साथै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन युवाको भूमिका निर्णायक हुने उहाँको भनाइ छ ।
जितेन्द्र यादवलाई युवा संयोजकको जिम्मेवारी दिइएसँगै नेकपा एमाले धनुषा क्षेत्र नं. ४ मा उत्साह थपिएको छ भने युवाकेंद्रित संगठनात्मक गतिविधिहरु थप तीव्र हुने अपेक्षा गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग