महेन्द्रनगर, धनुषा
धनुषा निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन कार्यालय महेन्द्रनगर स्थित जैसी बाबा धर्मशालामा स्थापना गरिएको छ । उक्त निर्वाचन कार्यालयको निर्वाचन अधिकृतको जिम्मेवारी पुरुषोत्तम खतिवडालाई दिइएको छ ।
आगामी निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन कार्यालय स्थापना गरिएको निर्वाचन प्रशासनले जनाएको छ । निर्वाचन अधिकृत खतिवडाका अनुसार निर्वाचन सम्बन्धी सम्पूर्ण प्रशासनिक, प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू सोही कार्यालयबाट सञ्चालन गरिनेछ ।
धनुषा निर्वाचन क्षेत्र नं. ४ मा कुल मतदाता संख्या १ लाख २७ हजार ७ सय ७८ जना रहेको छ । ती मतदाताका लागि ७५ वटा मतदानस्थल निर्धारण गरिएको छ भने कुल १५३ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन कार्यालयका अनुसार मतदानस्थल र मतदान केन्द्रहरूको व्यवस्थापन, मतदाता शिक्षासम्बन्धी कार्यक्रम, सुरक्षा व्यवस्था तथा अन्य आवश्यक तयारीहरू तीव्र रूपमा अघि बढाइएको छ । साथै, मतदाताहरूलाई निर्भीक वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जनाइएको छ ।
निर्वाचन अधिकृत खतिवडाले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वासयोग्य बनाउन सबै राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आम नागरिकको सहयोग अपरिहार्य रहेको बताउँदै सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग